Online Bichar
मंगलबार, साउन १२, २०८३ | Tuesday, July 28, 2026

काठ्माडौं, २७ असार २०८२ । नेपाल राष्ट्र बैंकले क्रेडिट स्कोरको आधारमा व्यक्तिले बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने व्यवस्था गर्न लागेको छ ।

पछिल्ला केही वर्षयता क्रेडिट स्कोरको कुरा उठे पनि राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको २४औँ मौद्रिक नीतिमा बैंक तथा वित्तीय संस्थाहरूले ग्राहकको क्रेडिट स्कोरको आधारमा समेत कर्जा प्रदान गर्ने नीति अवलम्बन गर्दै लगिने उल्लेख छ ।

नियमितरूपमा कर्जा तिरिरहेका व्यक्तिगत ऋणीले उसले कर्जा नियमितरूपमा भुक्तानी गरेका आधारमा बैंक तथा वित्तीय संस्थाबाट ऋण पाउने भएका छन् । आगामी आर्थिक वर्षदेखि लागु हुने गरी राष्ट्र बैंकले यस्तो व्यवस्था गर्न लागेका हो ।

विकसित तथा उदयिमान अर्थतन्त्र र विकासशील मुलुकहरूले क्रेडिट स्कोरका आधारमा व्यक्तिले ऋण लिने पाउने व्यवस्था गरेका छन् ।

 

तपाईको प्रतिक्रिया