Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, १७ माघ । राजधानीको बूढानीलकण्ठमा घरको कम्पाउन्डभित्रै गाँजा खेती हुने गरेको भेटिएको छ । महानगरीय प्रहरी प्रभाग, बूढानीलकण्ठले कम्पाउन्डभित्र गाँजा खेती गरेको आरोपमा ६८ वर्षीय वृद्ध दिलबहादुर खत्री पक्रेपछि तथ्य सतहमा आएको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीका अनुसार खत्रीले कम्पाउन्डमै गाँजा उत्पादन गरेर आफैं तयार पारी बिक्री गर्ने गरेका थिए । गाँजा सेवन गर्ने दुई युवक पक्राउ परेपछि प्रहरी उनीसम्म पुगेको थियो ।

त्यसक्रममा खत्रीको घरमा पुगेको प्रहरी टोलीले उनलाई ९ किलो गाँजासहित पक्राउ गरेको थियो । उनीमाथि लागूऔषध ऐनअन्तर्गत मुद्दा चलाउने तयारी गरिएको छ ।

तपाईको प्रतिक्रिया