Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, १७ माघ । गत साउनमा डा.गोविन्द केसी १५ औं अनशनमा थिए। अनशन जति लम्बिँदै थियो, सरकार उति नै अप्ठेरोमा पर्दै थियो। त्यसपछि प्रधानमन्त्री केपी ओली आफैँले सहमतिको पहल गरे। रातारात बैठक बसियो। सम्झौता भयो र केसीले २७ औं दिनमा अनशन तोडे। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा दिनेश गौतमले लेखेका छन् ।

साउन १० गते सरकार र केसीबीच सहमति भएको थियो। डा. केसीलाई जुस खुवाएर अनशन तोडाएका नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले उसबेला सहमतिप्रति प्रधानमन्त्री र सिंगो सरकार प्रतिबद्ध रहेको बताएका थिए।

तर प्रधानमन्त्री आफैँले आफ्नो वचन तोडेका छन्। सम्झौताविपरीत राष्ट्रिय चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ।

राष्ट्रियसभामा पेस गरिएको विधेयकलाई यथास्थितिमा राखी माग सम्बोधन गर्न गरिएको आग्रहलाई लत्याइएको छ।

आफूमाथि धोका भएको बताउँदै केसी अनशनको २२ औं दिनमा छन्। उनको स्वास्थ्य बिग्रिँदै जाँदा केसीको समर्थनमा पूर्वप्रधानन्यायाधीशहरू उत्रेका छन्। प्रधानमन्त्रीले नै माग पूरा गर्ने बाचा गरेकाले त्यो कार्यान्वयन हुनुपर्ने धारणा उनीहरूको छ।

पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments