Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १७ माघ । सशस्त्र प्रहरी बलले हिन्दु देवीदेवताका नाममा रहेका बाहिनी र गण गुल्मको नाम परिवर्तन गर्न थालेको छ । सशस्त्र प्रहरी बल नेपालको नयाँ संरचनासम्बन्धी विस्तृत कार्ययोजना लागू भएपछि विभिन्न देवीदेवताका नाममा रहेका कार्यालयको नाम हटाई अंककै आधारमा राखिनेछ । यो समाचार आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन् ।

हाल सशस्त्र प्रहरीमा ६९ वटा गण/गुल्म छन्, जसमध्ये २८ वटा देवताका नाममा छन् भने बाँकीको नामाकरण स्थान र संख्याका आधारमा गरिएको छ ।

गृह मन्त्रालयले संघीय संरचनाअनुसार सशस्त्र प्रहरीको सांगठनिक संरचना परिवर्तन गर्दा अंकका आधारमा नाम परिवर्तन गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया