Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौँ, १७ माघ । मन्त्रालयले मन्त्री र मन्त्रीको सचिवालयलाई गत पुस महिनादेखिको तलब आफैले खुवाउन थालेको छ । यसअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले उनीहरुको तलब खुवाउने गरेको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा गंंगा बरालले लेखेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपसचिव कृष्णप्रसाद देवकोटाका अनुसार पुसदेखि सम्बन्धित मन्त्रालयले नै तलब दिन थालेको हो ।

नयाँ व्यवस्था शुरु भएकाले अझै पनि कतिपय मन्त्रालयले तलब खुवाउन सकेको छैनन् ।

मन्त्रीलाई दिइने इन्धनबापतको पैसा दिन छोडिएको छ । अहिले मन्त्रालयले नै इन्धन हालिदिने गरेको छ । पुसमा मात्र मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरे पनि पुसदेखिकै तलब मन्त्रालयले खुवाएको हो ।
पत्रपत्रिकाबाट

तपाईको प्रतिक्रिया