Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

एजेन्सी, १७ असार २०८२ । थाइल्याण्डका प्रधानमन्त्री पाटोङटार्न सिनावात्रालाई संवैधानिक अदालतले निलम्बन गरेको छ। कम्बोडियाका पूर्वनेता हुन सेनसँगको टेलिफोन वार्ता चुहावट भएपछि सिनावात्रामाथि राजीनामा दिन दबाब परेको थियो।

टेलिफोन कलमा पाटोङ्टार्न सिनावात्राले थाइ सैन्य कमाण्डरको आलोचना गर्दै ‘अंकल’ भनेपछि विवाद सुरू भएको थियो। यसपछि प्रधानमन्त्री पाटोङ्टार्न शिनावात्राविरुद्ध बर्खास्तको माग गर्दै अदालतमा निवेदन दायर भएको थियो।

उनको विरोधमा हजारौं मानिसहरू बैंककको सडकमा उत्रिएर राजीनामा माग गर्दै प्रदर्शनमा उत्रिएका थिए। यद्दपि सिनावात्राले फोन कलका लागि माफी मागेकी थिइन्। गत वर्ष साउन ३२ गते उनी प्रधानमन्त्री नियुक्त भएकी थिइन्।

 

तपाईको प्रतिक्रिया