Online Bichar
शुक्रबार, बैशाख ०७, २०८१ | Friday, April 19, 2024

काठमाडौं, १६ माघ । राष्ट्रिय जनगणना–२०७८ को तयारी सुरु गरिएको केन्द्रीय तथ्यांक विभागले जनाएको छ ।

राष्ट्रिय तथ्यांक परिषदको ३३औं र राष्ट्रिय जनगणना राष्ट्रिय निर्देशक समितिको पहिलो बैठक संयुक्तरूपमा बसी जनगणनाका तयारीकाबारेमा छलफल सुरु भएको विभागका निर्देशक ढुण्डीराज लामिछानेले राससलाई जानकारी दिए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलको अध्यक्षतामा बैठक बसेर तथ्यगत विवरणमा राखिने सूचक र आगामी २०७८ मा हुने राष्ट्रिय जनगणना सन्चालन तथा व्यवस्थापन निर्दे्शिका स्वीकृतिको आवश्यक प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

योसँगै जनगणना–२०७८ को तयारीका लागि कानुनी आधारको सुरूआत भएको विभागले जनाएको छ ।

वि.सं. १९६८ देखि सुरु भएको जनगणनाको यो १२औं शृंखला हो ।

यसपटक सात प्रदेश, ७७ जिल्ला समन्वय समिति र ७५३ स्थानीय तहमा छलफल गरी त्यहाँबाट आएका विचारलाई समेट्ने विभागको तयारी छ ।

हालसम्म ६ ओटा प्रदेशमा छलफल भइसकेको छ । कर्णाली प्रदेशमा भने छलफल कार्यक्रम गर्न बाँकी रहेको जनाइएको छ ।

तथ्यांकलाई भरपर्दो र विश्वसनीय बनाउन स्थानीय तहका वडास्तरसम्म सहकार्य गरिने निर्देशक लामिछानेले बताए ।
रासस

तपाईको प्रतिक्रिया