Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १६ माघ । कुनै पनि अपराधिक घटना भए सर्वसाधारणले प्रहरीलाई तुरुन्त सूचना दिन सकुन् भनेर प्रहरीले राखेको नम्बर हो, १०० । जुन नम्बरमा फोन गरेर हुँदै नभएको घटनाको सूचना दिएर दुःख दिएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुली घर भइ काठमाडौंको गोकर्णेश्वर बस्दै आएका ३५ वर्षीय राजु लामा र धनकुटाकी २२ वर्षीय सरिता बस्नेत छन् । उनीहरुलाई महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको एसएसपी धिरजप्रताप सिंहले बताए ।

उनका अनुसार उनीहरुले मादक पदार्थ सेवन गरेर विभिन्न स्थानमा घटना भएको भन्दै गलत सूचना दिएर प्रहरीलाई दुःख दिने गरेका थिए । पटकपटक सम्झाउँदा समेत उल्टै अश्लिल गाली गरेर हैरानी दिएकाले उनीहरुलाई पक्राउ गरिएको सिंहको भनाइ छ ।
अनलाइनखबरबाट

तपाईको प्रतिक्रिया