Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

काठमाडौं, १६ असार २०८२ । निर्वाचन आयोगले रुपन्देही क्षेत्र नं ३ मा कात्तिक १७ गते उपनिर्वाचन गर्ने भएको छ। । सोमबार पत्रकार सम्मेलन गरेर आयोगले रिक्त रहेको रुपन्देही-३ को उपनिर्वाचन गर्ने मिति तय भएको जानकारी गराएको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वाचित सांसद दीपक बोहोराको निधन भएपछि उक्त क्षेत्र नं रिक्त रहेको थियो। आयोगले यसअघि नै सो क्षेत्रमा उपनिर्वाचन गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो।

यसैबीच प्रमुख दलहरूले पनि रुपन्देही क्षेत्र नं ३ का लागि उम्मेदवार चयन गर्ने प्रक्रिया सुरू गरेको छ।

 

 

तपाईको प्रतिक्रिया