Online Bichar
बिहिबार, चैत्र १५, २०८० | Thursday, March 28, 2024

विराटनगरर, १६ माघ । विराटनगरबाट प्रहरीले स्कुटरको साईट प्यानलमा लुकाई राखेको लागूऔषध सहित एक युवालाई पक्राउ गरेको छ । विशेष सुराकीको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका(३ बस्ने ३२ वर्षिय संजय कुमार ठाकुरलाई लागूऔषध सहित पक्राउ गरेको हो ।

भारतको जोगवनीबाट को.२१.प ९८९६ नम्बरको स्कुटरमा नेपालतर्फ आउँदै गरेका उनलाई शंका लागि चेकजाँच गर्ने क्रममा स्कुटरको साईड प्यानलमा लुकाई राखेको अवस्थामा लागूऔषध बरामद गरेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रहरीले ठाकुरको साथबाट लागूऔषध ५० थान एम्पुल, लुपिजेसिक ५० एम्पुल र डाईजेल्याव ५० एम्पुल फेलापरेको बरामद गरेको थियो । विराटनगर महानगरपालिका(१५ भन्सार कार्यालयको १ नम्बर ढाटबाट पक्राउ परेका ठाकुरलाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय रानीमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया