Online Bichar
सोमबार, साउन ११, २०८३ | Monday, July 27, 2026

काठमाडौं, ८ असार २०८२ । सेयर कारोबार मापक नेप्से परिसूचक आइतबार उच्च अंकले घटेको छ। केही समयदेखि २६ सय विन्दुको आसपासमा रहेको नेप्से आज २५ सय विन्दुमा झरेको हो। नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा पुगेपछि लगानीकर्ताहरू पर्ख र हेरको अवस्थामा देखिएका छन्।

यसदिन ३१० स्क्रिप्सको २ करोड १५ लाख ४७ हजार ५५ कित्ता सेयर ९ अर्ब १४ करोड ५८ लाख ५८ हजार ५१० रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक दोहोरो अंकले घट्दा कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन।

यसदिन जोशी हाइड्रोपावर डेभलपमेन्टको सेयर ९.९८ प्रतिशतले बढ्यो। सप्तकोशी डेभलपमेन्ट बैंकको ५.६० प्रतिशतले बढ्यो। पियोर इनर्जीका लगानीकर्ताले भने सर्वाधिक गुमाए। सो कम्पनीको सेयर १० प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा दोर्दी खोला जलविद्युत कम्पनी शीर्षस्थानमा रह्यो। सो कम्पनीको ७५ करोड बढीको सेयर कारोबार भयो।

बुटवल पावरले ७४ करोडको सेयर कारोबार गर्दा राधी विद्युतको ४९ करोड,सानिमा माइ हाइड्रोपावरको ४६ करोड र नगदी ग्रुपको ४१ करोड मूल्य बराबरको सेयर कारोबार भयो। कारोबारमा आएकामध्ये २३ स्टक्सको मूल्य बढ्दा २२५ वटाको घट्यो। सबै समूहको उपसूचक राताम्मे देखिएका छन्। होटल्स एण्ड टुरिजम समूहको सूचक सर्वाधिक ३.१३ प्रतिशत घट्यो।

 

तपाईको प्रतिक्रिया