Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

साओ पाउलो, ७ जेठ २०८२ । ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी ब्राजिलमा २१ यात्रु बोकेको ‘हट एयर बेलुन’मा आगलागी हुँदा कम्तीमा आठजनाको मृत्यु भएको बताएका छन् ।

गभर्नर जोर्गिन्हो मेलोले भने, “बेलुन दुर्घटनामा आठजनाको मृत्यु भएको छ भने १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।”

ब्राजिलको टेलिभिजनमा प्रसारित भिडियोमा समुद्रतटीय सहर प्रैया ग्रान्डेमाथि बेलुनमा आगो लागेपछि जमिनमा खसिरहेको क्षण देखाइएको छ । बेलुन आकाशमा रहेका समय मौसम राम्रो थियो ।

करिब दुई दर्जन यात्रु बोकेको बेलुन दर्जनौँ मिटरमाथि आकाशबाट जमिनमा बजारिन पुगेको थियो । दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ ।

एट्लान्टिक तटमा रहेको प्रैया ग्रान्डे ब्राजिलको हट एयर बेलुनको सहायतामा आकाशमा साहसिक यात्रा गर्नका निम्ति एक लोकप्रिय गन्तव्य हो ।

केही दिनमै देशमा भएको यो दोस्रो घातक बेलुन दुर्घटना हो । एक साताअघि दक्षिणपूर्वी साओ पाउलो राज्यमा बेलुन सवारीका क्रममा एक महिलाको मृत्यु भएको थियो । रासस/एएफपी

तपाईको प्रतिक्रिया