Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

झापा, ७ जेठ २०८२ । दमकमा लागूऔषधको कारोबार गरिरहेको अवस्थामा चारजना युवा पक्राउ परेका छन् । गएराति ८ बजे दमक नगरपालिका-५ सृष्टि टोलस्थित देवु गड्तौलाको टाँडे घरको भुईँ तलाको कोठामा डेरा गरी बस्ने गौरादह-४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नालको कोठामा लागूऔषध खरिद बिक्री गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा गौरादह-४ धोबिने बस्ने २४ वर्षीय अनुभव दर्नाल, दमक-१ संगम चोक बस्ने २६ वर्षीय सुरज कुमाल , दमक-६ पुरानो बजार बस्ने २९ वर्षीय सुमन दर्जी र दमक-७ पुरानो सब्जी लाइन बस्ने ३४ वर्षीय वीरबहादुर पौडेल रहेका छन् । उनीहरूलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया