Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

विराटनगरर, १५ माघ । विराटनगर ८ बलुवाहीको सिंघीया खोला किनारमा बलात्कार पछि हत्या गरिएको आशंकमा प्रहरीले आधा दर्जनलाई सोधपुछको लागि नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले अनुसन्धानको लागि आधा दर्जनलाई सोमबार नियन्त्रणमा लिएका हो ।

घटनाको अनुसन्धानमा जुटेको प्रहरीले घटनास्थल आसपासका ६ जनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको अनुसन्धानमा संलग्न एक अधिकारीले जानकारी दिए । ‘शंकास्पद रुपमा बालिकाको हत्या भएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीले भने, ‘यस घटनामा हामीले थुप्रैसँग सोधपुछ गरेका छौं ।’ प्रहरीले नियन्त्रणमा लिएको व्यक्तिको नाम भने खुलाको छैन ।

अहिले अनुसन्धानको क्रममा रहेकाले केही भन्न नमिल्ने प्रहरीले बताएको छ । यस घटनमा मोरङ प्रहरी र १ नम्बर प्रदेश प्रहरी विराटनगरले छुट्टा(छुट्टै रुपमा अनुसन्धानमा प्रहरी परिचालन गरेको छ ।

शवको पोस्मार्टम गरेपछि प्रहरीले मृतकको परिवारलाई बुझाइएको छ । आइतबार दिउसो शंकास्पद अवस्थामा मृत फेला परेकी दासको शव सुनसरी धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोष्टर्माटम पछि मृतकका परिवारलाई बुझाइएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी मोरङका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले पोष्टमार्टम सम्पन्न भएपनि रिपोर्ट आउन केहि समय लाग्ने भएकाले मृत्युको कारण खुल्न थप केहि समय लाग्ने बताए । उनले बालिका मृत्यूको घटनालाई गम्भीरता पुर्वक लिदै सोहि अनुसार अनुसन्धान भइरहेको जानकारी दिए ।

स्थानियबासीले भने रुपमतिको बलत्कार पछि हत्या भएको आशंका गरेका छन् । ११ बर्षिय बालिका रुपमती दासको शव आइतबार दिउसो घरभन्दा ५ सय मिटर दक्षिणपुर्व सिंघीया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो ।

बालिका दास शनिवार सांझ छिमेकीको घरमा टिभि हेर्न जान्छु भनेर निस्किएपछि बेपत्ता भएकी थिइन । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानियले आशंका गरेका हुन् ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया