Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

सुर्खेत, १५ माघ । इलाका प्रहरी कार्यालय छिन्चुले गएराति भेरीगङ्गा नगरपालिका–१० टोलीखोला पुल नजिकको कटेजको जुवाखालबाट पाँच जुवाडे पक्राउ गरेको छ ।

नगद रु ४१ हजार ९०० सहित उनीहरुलाई नियन्त्रणमा लिई कानूनबमोजिम कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले जानकारी दिए ।

त्यसैगरी प्रहरीले सोमबार लागुऔषधसहित वीरेन्द्रनगर नगरपालिका–६ राधाकृष्ण मन्दिर नजिकबाट १९ वर्षीय समित अन्सारीलाई पक्राउ गरेको छ ।
रासस

तपाईको प्रतिक्रिया