Online Bichar
बुधबार, माघ ०८, २०८२ | Wednesday, January 21, 2026

काठमाडौं, ४ असार २०८२ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलोभन्दा बढी सुनसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारती नागरिक ५३ वर्षीया मीना सुर्जित सिंह खेमानी छिन् । उनलाई मंगलबार राति विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो ।

विमानस्थलको आगमन भन्सार एरियाको टनेलबाट १ किलो १५९ ग्राम सुनसहित उनलाई प्रहरीले पक्राउ गरेको हो । अर्धठोसको स्वरुपमा उक्त सुन ल्याइएको प्रहरीले बताएको छ ।

एयर अरेबियाको उडानमार्फत शारजाहबाट काठमाडौं आएकी उनलाई संका लागेर जाँच गर्दा सुन फेला परेको प्रहरीले बताएको छ । प्लाष्टिकले र्‍याप गरेका तीन वटा डल्ला अर्धठोस सुन उनीबाट बरामद भएको छ ।

 

तपाईको प्रतिक्रिया