Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

झापा, २ असार २०८२ । झापामा फेरि जंगली हात्ती मृत फेला परेको छ । आज बिहान अन्दाजी ९:४५ बजे मेचीनगर नगरपालिका-१ कोसेली चोकस्थित लिलाप्रकाश रिजालको मकैबारीमा पोथी हात्ती मृत फेला परेको हो । मृत्युको कारण खुल्न सकेको छैन । आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालय झापाबाट टोली जाँदै गरेको जनाइएको छ ।

यसअघि जेठ १९ गते राति कमल गाउँपालिका वडा नं–३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर हात्ती मरेको थियो । त्यसको दुई साताअघि जेठ ७ गते बुद्धशान्ति–५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको थियो ।

योसंगै यस आर्थिक वर्षमा झापामा चारवटा जंगली हात्ती मरेका छन् । गत आर्थिक वर्षमा पनि जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए । त्यस्तै यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ ।

 

तपाईको प्रतिक्रिया