Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

दमक, १४ नघ । झापाको दमक ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट १० वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको छ ।

वेलडाँगी २ सेक्टर बी ४ को लिला थापाको छाप्राबाट सुरु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल सुब्बाले जानकारी दिएका छन् । आगो २ घण्टामा निभाइएको थियो । आगो कसरी फैलियो यकिन हुन नसकेको शिविर व्यवस्थापन समितिका सचिव टिकाराम रसाईलीले जानकारी दिए । आगोलागीबाट मानवीय क्षति भने नभएको र क्षतिको पूर्ण विवरण आइनसकेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

आगलागीबाट ३० जना बिचल्लीमा परेका छन् । विस्थापितलाई आम्दाको हलमा व्यवस्थापन गरिएको शरणार्थी दातृ निकाय यूएनएचसीआरले जानकारी दिएको छ । क्षतिको बिवरण संकलन गर्ने कार्य भईरहेको सचिव रसाईलीले जानकारी दिए । घटनाको अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया