Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

बेलवारी, १४ माघ । मोरङको बिराटचौकबाट बिराटनगर तर्फ जाँदै गरेको ट्रिपरको ठक्करबाट ११ बर्षिया बालिका लक्षमी ढकालको मृत्यु भएपछि आक्रोशित स्थानीयले उक्त क्षेत्रबाट हिड्ने ७ वटा ट्रिपर जलाएका छन । सुन्दरहरैचा नगरपालिका ११ सिसौघारीमा ना ३३ ख ३३५५ नम्बरको ट्रिपरको ठक्करबाट स्थानीय ११ बर्षिया बालिका ढकाललाई ठक्कर दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको छ । टिपरले सिधै टाउकोमा ठक्कर दिएको स्थानीयले बताए ।

दुर्घटना पछि फरार टिपर केही तल पुगेर रुखमा ठोकिएको अवस्थामा फेला परेको छ । चालक भने फरार छन् । उक्त टिपरलाई पनि स्थानीयले आगो लगाएका छन् । ढ्ङ्गा लिएर आउने सबै टिपरलाई रोकाउदै आगो लगाइ दिएका छन् । आगो निभाउन गएका मलकलाई उक्त क्षेत्रमा प्रवेश गर्न दिएका छैनन् । अहिले पनि टिपरमा आगो लगाउने काम जारी रहेको ब्लाष्टखवर सहकर्मी भक्तशेर लिम्बुले जानकारी दिए ।

सोही ठाँउमा स्थानीयले घेरा हाली ट्रिपर जलाएपछि प्रहरी पुग्दा समेत आगलागी र भिड नियन्त्रण गर्न हम्मे परेको छ । स्थानीयको नारावाजी र भीडले बेलेपुर क्षेत्र तनावग्रस बनेको छ । त्यहाँको प्रहरीले भीड नियन्त्रण गर्न नसेके पछि जिल्ला प्रहरी कार्यालय मोरङबाट थप टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया