Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

काठमाडौं, २६ जेठ २०८२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकमाथि लगाएको यात्रा प्रतिबन्ध सोमबारदेखि लागू भएको छ। ट्रम्पले गत हप्ता यो आदेशमा हस्ताक्षर गरेका थिए। जसमा १२ देशका नागरिकहरूलाई अमेरिका प्रवेशमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ।

यी देशका नागरिकले अमेरिका यात्रा गर्न नपाउने

ट्रम्पको यात्रा प्रतिबन्ध अफगानिस्तान, म्यानमार, चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनका लागि हो।

यस्तै सात देशका मानिसलाई अमेरिका प्रवेशमा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। बुरुन्डी, क्युबा, लाओस, सियरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला मा आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ।

 

 

तपाईको प्रतिक्रिया