Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

गौरादह, १० माघ । गौरादह नगरपालिका भित्र पूर्वाधार विकास गरि शहरीकरण गर्ने उद्देश्यले एकीकृत शहरी विकास योजना सम्बन्धि दुई दिने गोष्ठी शुरु भएको छ ।

नेपाल सरकार शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको गोष्ठीमा जनप्रतिनिधि, शिक्षक, व्यवसायी, संघसंस्थाका प्रतिनिधि, बुद्धीजिवी र राजनीति दलका प्रतिनिधिहरु सहभागी भएका थिए ।

गोष्ठीमा प्राध्यापक डाक्टर सुधा श्रेष्ठ, समाजशास्त्री विर्ख क्षेत्री, भुगोलविद् विष्णु अधिकारी, वातावरणविद् गगन आले ले सहभागीहरुलाई नगरपालिकालाई शहरीकरण गर्न आर्थिक, सामाजिक, पूर्वाधार, वनवातावरण, सुशासन का विषयमा सहजिकरण गरेका थिए ।

नगरपालिकालाई पूर्वाधार विकास गरि शहरीकरणमा विकास गर्न नगरपालिका भित्र सडक, ढल निकास, पुल कल्र्भट निर्माण गर्न आवश्यक रहेको नगरपालिका प्रमुख तथा कार्यक्रमका सभापति रोहित कुमार शाहले बताए । संविधान सभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा प्रदेश सभा सदस्य रामचन्द्र सुब्बाले मन्तव्य राखेका थिए ।

तपाईको प्रतिक्रिया