Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

दमक, १० माघ । झापाको दमक ५ स्थित बेलडाँगी रोडमा रहेको स्काई फार्मेसी हाल (दोनतारा) फर्मेसीमा औषधी व्यवस्था विभागले ताला लगाएको छ ।

यहाँ लागु औषध बिक्रि बितरण गरेको प्रतिबन्दित औषधि बिक्रि गरेको पाइएपछि पसल बन्द गराएको विभागका फार्मेसी निरिक्षक दिपेन्द्र खड्काले जानकारी दिए ।विशेष सुराखीका आधारमा सोमबार दमकमा रहेका फार्मेसीको अनुगमन गर्दा यहाँ लागु औषध बिक्रि हुने गरेको प्रमाण फेला परेको हो ।

अुनगमनका क्रममा स्काई(दोनतार) फार्मेसीमा २ हजार ९ सय ट्याब्लेट ट्रामाडोल नामक लागु औषध फेला परेको विभागले जनाएको छ । त्यसै गरि हस्पिटल भित्र सञ्चालीत फार्मेसीमा त्यो पनि चिकित्सकको सिफारिसमा दर्ता गराएर मात्र बेच्न पाउने ओषधीहरु समेत यो फार्मेसीमा बिक्रि हुने गरेको अनुगमनमा पाइएको हो ।

त्यसैगरि नेपालमै अनुबन्धीत रहेको डर्मिकेम ओसी नामक औषधी समेत सो फार्मेसीबाट बरामत गरिएको छ । बिभागले गरेको अनुमगनमा प्रतिबन्धीत लगाइएका तथा अन्य विभिन्न औषधीको खरिद बिल प्राप्त नभएपछि १० दिन भित्र विभागमा उपस्थित हुने आदेश सहितको पत्र दिएर फार्मेसीमा ताला लगाइएको निर्देशक खड्काले जानकारी दिए ।

यो सहित दमकमा अन्य दुईवटा फार्मेसीमा समेत अनुगमन गरिएको छ । दमक ६ स्थित रिता फार्मेसी र अधिकारी फार्मेसीमा समेत बिभिन्न प्रकारका लागु औषध र चिकित्सकको अनुमति लिएर बेच्नु पर्ने औषधि बिना पुर्जी नै बेच्ने गरेको पाइएको हो ।

त्यसै गरि विभागले मंगलबार झापाका अन्य तीनठाउँमा समेत अनुगन गरिएको छ । झापाको झापा गाउँपालिकामा प्रहरीले दिएको जानकारीको आधारमा फार्मेसीहरु अनुगन भएको हो ।

यसरी अनुगमन गरिएका अधिकाशं फार्मेसी बिना दर्ता सञ्चालन भएका र नेपालमा प्रतिबन्धीत औषधीहरु खुल्लाखुल्ला बेच्ने गरेको अनुगमनमा पाइएको थियो । प्रहरी सहितको बिभागको टोलीले झापा गाउँपालिकाको झापा बजार र कुमरखोद बजारमा रहेका फार्मेसीहरु अनुगम गर्न पुग्दा अधिकांश फार्मेसीहरु पसलनै बन्द गरेर फरार रहेको निरिक्षक खड्काले बताए ।

१६ वटा मेडिकल हल तथा फार्मेसीमा गरिएको अनुगमनमा ११ वटा पसल बन्द गरिएको र ७ दिन भित्र बिभागमा उपस्थित हुने गरिको पत्र काटिएको छ ।

ब्लाष्टखबरबाट साभार

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments