Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, १५ जेठ २०८२ । नेपालमा २० लाख ४९ हजार बढी कृषक घरधुरी सूचीकृत भएका छन् ।

किसान सूचीकरण प्रणाली व्यवस्थापन तथा सञ्चालन निर्देशिका, २०८१ कार्यान्वयनमा आएसँगै कृषक घरधुरी सूचीकृत हुन थालेका हुन् ।

चालु आर्थिक वर्ष २०८१/८२ को आर्थिक सर्वेक्षण अनुसार फागुनसम्म यस प्रणालीमा किसान सूचीकृत संख्या २० लाख नाघेको हो । सर्वेक्षण अनुसार हालसम्म ५६ पालिकामा कृषक घरधुरी सूचीकरण कार्य सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया