Online Bichar
शनिबार, कार्तिक २३, २०८२ | Saturday, November 8, 2025

काठमाडौं, १५ जेठ २०८२ । सरकारले आर्थिक वर्ष २०८२/०८३ मा प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय सदनमा बजेट प्रस्तुत गर्दै प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस ऐकेडेमी सञ्चालन गर्न बजेट व्यवस्थापन गरेको जनाए ।

“प्रत्येक प्रदेशमा कम्तीमा तीन विद्यालयमा स्पोर्टस् एकेडेमी सञ्चानल गर्न बजेट व्यवस्थापन गरेको छु,” अर्थमन्त्री विष्णु पौडेलले भने ।

सरकारले आर्थिक वर्ष ०८२/०८३ मा युवा तथा खेलकुदतर्फ ६ अर्ब आठ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

तपाईको प्रतिक्रिया