Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाण्डौ, ९ माघ । वैदेशिक रोजगारीमा जाने नेपालीले अब बैंकबाट २ सय डलर मात्रै साट्न पाउने भएका छन् । यसअघि ५ सय डलर साट्न पाउने व्यवस्था रहेकोमा नेपाल राष्ट्र बैंकले अब २ सय डलर मात्रै साट्न पाउने नियम बनाएको हो ।

विदेशी विनिमय सञ्चितीमा ह्रास आएको भन्दै यस्तो व्यवस्था गरिएको राष्ट्र बैंकले जनाएको छ । यही व्यवस्थाअनुसार अब वैदेशिक रोजगारीमा जाने नेपालीलाई २ सय डलर मात्रै सटहीको सुविधा दिन राष्ट्र बैंकले मंगलबार नै बैंकहरुलाई निर्देशन दिइसकेको छ ।

रोजगारीमा जानेहरुसँग २ सय डलर भएमा उनीहरुलाई पुग्ने राष्ट्र बैंकको दाबी छ । विदेश पुगेपछि कामदारको खर्च रोजगारदाताले बेहोर्ने भएकाले २ सय डलरले पुग्ने राष्ट्र बैंकको भनाई छ ।

उज्यालोअनलाइनबाट

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments