Online Bichar
शनिबार, बैशाख १५, २०८१ | Saturday, April 27, 2024

मेचीनगर, ९ माघ । झापाको मेचीनगरमा रहेको टोकला चिया बगानमा कार्यरत श्रमिक कर्मचारीहरूलाई धम्की दिँदै श्रमिक निकाल्ने गरेको पाइएको छ ।

बगान प्रशासनले सरकारले लागू गरेको मजदुर श्रम ऐन कार्यान्वयन गर्नुको साटो उल्टै बिभिन्न बहाना र धम्की दिएर स्थायी कर्मचारीहरू निकालि रहेको फेला परेको हो । त्रिवेणी समूहले २०५७ सालमा टोकला बगानसहित झापा र इलामका सात वटा चिया बगानलाई सरकारले निजीकरण गरेको थियो ।

२५ वर्ष देखि बगानमा कार्यरत श्रमिक दिलिप क्षेत्रीले आफूलाई अचानक कार्यालयमा बोलाई माथिको आदेशमा अब काम गर्न इलाम जानु पर्यो भन्दै दबाव दिएको बताए । उनले आफ्नो परिवार यतै रहेकाले इलाम जान नसक्ने बताउँदा राजीनामा दिनका लागि दबाव सिर्जना गरेको उनले बताए ।

आफ्नी आमाको निधन भएपछि माउ उराँव २०५७ सालबाट बगानका काम थालेका उनी अहिले निकालिन लागेका छन् । बगानमा पत्ती टिप्नबाट काम सुरु गरी बगानको चौकीदार बनेका उनलाई अहिले माथिको आदेशमा चौकीदार हटाउनुपर्ने भनेपछि तनावमा छन् ।

‘कार्यालयका हाकिमले अब पाइप बोक्नु परो नत्र राजिनामा दिनु परे भन्छन् ।’ उनले दुखेसो पोखे ‘अन्त गएर काम गर्नुभन्दा बरु जागिरै छाडिदिन्छु भनेर राजीनामा दिए ।’ बगानले उनीहरूजस्ता २० भन्दा बढी कर्मचारीलाई हटाइरहेको छ ।

यस विषयमा मेचीनगर नगरपालिका–८ का वडाध्यक्ष बिकेन्द्र धिमालले आफ्नो वडाबासीलाई केहीँ गर्न नसकिने बताए । माथिबाट निर्णय भएकोले आफूले पनि यसविषयमा कुनै निर्णय गर्न नसक्ने बताए ।

नेकपा मेचीनगरका नेता कुन्दन निरौलाले प्रेश विज्ञप्ति जारी गरेर बगानले श्रमीक माथि गरेको शोषणको अन्त्यका लागि मेचीनगर नगरपालिका र अन्य सम्बन्धीत निकायहले ध्यान दिनुपर्ने उल्लेख गरेको छ ।

नाम नछाप्ने शर्तमा एक कर्मचारीले बगानले बोल्न नसक्ने अशक्त ,र सोझा सिधालाई मनखुसी रूपमा निकाल्ने गरेको बताए । अर्का एक कर्मचारीका अनुसार बगानले भारतबाट धमाधम कर्मचारी ल्याउने र नेपालका मजदुरलाइ नेपाल सरकारले लागू गरेको श्रम ऐन कार्यन्वयन गर्नु पर्छ भनेर कर्मचार्री निकाल्ने गरेको दाबी गर्छन् ।

बगानका प्रमुख लोकनाथ दङ्गालले बगानमा कर्यरत मजदुर कर्मचारीलाई अन्यय नगरेको बताए ।

ब्लाष्टखबरबाट

तपाईको प्रतिक्रिया