Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, ८ जेठ २०८२ । अमेरिकाको सान डिएगोमा एउटा विमान दुर्घटनाग्रस्त भएको छ । दुर्घटना एक आवासीय क्षेत्रमा भएको हो । विमान दुर्घटनासँगै धेरै घर र कारहरूमा आगो लागेको थियो ।

बिहीबार बिहान कुहिरोका कारण सान डिएगोको मर्फी क्यान्यन क्षेत्रमा एउटा सानो विमान दुर्घटनाग्रस्त भएको स्थानीय अधिकारीहरूले बताएका छन् ।

दुर्घटनामा करिब १५ घरमा आगो लागेको थियो । धेरै ब्लकमा बस्ने अरूले आफ्नो घर खाली गर्नुपरेको छ ।

उक्त दुर्घटनामा कोही घाइते भएरनभएको वा विमानमा कोको सवार थिए भन्ने थाहा भइसकेको छैन ।

संघीय उड्डयन प्राधिकरणले त्यस्तो खालको विमानमा ६ देखि आठ यात्रु सवार हुन सक्ने जनाएको छ ।बीबीसीबाट ।

 

तपाईको प्रतिक्रिया