Online Bichar
शनिबार, माघ ११, २०८२ | Saturday, January 24, 2026

काठमाडौं, ८ जेठ २०८२ । काठमाडौँ जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

चैत १५ गतेको तीनकुने घटनामा पक्राउ परेको प्रसाईंलगायतलाई थप २ दिन हिरासतमा राख्न अदालतले बिहीबार प्रहरीलाई अनुमति दिएको हो ।

प्रहरीले सो घटनाको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाउन अन्तिम तयारी गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया