Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, ८ माघ । प्रयोगपछि बिस्कुट, चाउचाउ, चक्लेट, गुट्खा, चुरोटको खोल लगायतका फोहोर सडकमा फाल्ने बानी छ ?छ भने त्यस्तो बानीलाई तुरुन्त त्यसलाई सुधार्नुस् । काठमाडौं महानगरपालिकाले यसरी सडकमा फोहोर फाल्ने माथि कारवाही थालेको छ ।

महानगरपालिकाले घर, पसलबाट फोहोर र फूटपाथमा हिड्ने बटुवाहरुबाट सडक तथा सार्वजनिक स्थानमा आफूले प्रयोग गरेका वस्तुको खोलहरु फाल्नेमाथि निगरानी बढाएको छ ।

महानगरपालिकाले तोकिएको स्थानमा तोकिएको समयमा राखेको नपाइएमा अनुगमन नियमन र नियन्त्रणमा आउने टोलीमार्फत कारवाही गर्ने चेतावनी दिएको छ ।
अनुगमन टोलीले फोहोर फाल्दै गरेको अवस्थामा भेटेमा फोहोरमैला व्यवस्थापन ऐन बमोजिमको कसुुर गर्नेलाई ५ हजार देखि ५० हजाररुपैयाँसम्म जरिवाना गर्ने बताएको छ ।

काठमाडौं महानगरपालिका वातावरण व्यवस्थापन विभागले अब टोलीनै बनाएर शहरमा जथाभावी फोहोर फाल्ने प्रवृत्ति निरुत्साहित गर्न लागेको हो ।

शरमा विभिन्न ठाउँमा स्मार्ट डस्टविन राख्न सुरु गरेलगत्तै महानगरपालिकाले यस्तो अभियान चलाएको हो । महनगरका एक अधिकारीका अनुसार शहरलाई स्वच्छ राख्न सुरुमा जनचेतनाका लागि प्रचारप्रसार गर्ने र अझै अटेर गरे कारवाही गर्ने योजना छ ।

‘आफूले खाएको बिस्कुटको खोल आफ्नो झोलामा राखेर सार्वजनिक स्थानको डस्टविनमा हाल्न सकिन्छ, घरमै लगेर विर्सजन गर्दा पनि सभ्य हुन्छ,’ ती अधिकारी भन्छन्,’अब यस्तो संस्कार बसाउन पनि यो अभियान सुरु गर्न लागिएको हो । ‘

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments