Online Bichar
मंगलबार, बैशाख ११, २०८१ | Tuesday, April 23, 2024

डडेल्धुरा, ८ माघ । सुदूरपश्चिमका डडेल्धुरालगायतका पहाडी जिल्लाहरुमा गएरातिदेखि हिमपात सुरु भएको छ । हिमपातका कारण चिसो ह्वात्तै बढेपछि जनजीवन प्रभावित भएको छ ।

पहाडी जिल्ला बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला लगायतका जिल्लाका उच्च लेकाली भेगमा वर्षासँगै हिमपात भएपछि चिसो बढेको हो ।

डडेल्धुरा सदरमुकाममा बिहान ५ बजेदेखि हिमपात सुरु भएको छ भने उच्च लेकाली भागमा राति नै हिमपात भएको हो । भीमदत्त राजमार्गको साहुखर्क, हगुल्टे, गैरालगायतका क्षेत्रमा भारी हिमपातपछि सवारी साधन सञ्चालनमा कठिनाइ आएको छ ।

हिउँ जमेको र जाडो बढ्न थालेकाले घरबाहिरको काम गर्न समस्या हुन थालेको स्थानीयले बताएका छन् । एक्कासि बढेको चिसोका कारण विशेषगरी वृद्धवृद्धा, बालबालिका तथा गरिखाने वर्ग प्रभावित भएका छन् ।

लामो समयसम्म वर्षा नहुँदा चिन्तित यहाँका किसान चिसोको कहरले भन्दा बालीनाली सप्रने आशाले खुसी भएका छन् ।

तपाईको प्रतिक्रिया