Online Bichar
शनिबार, माघ ०४, २०८२ | Saturday, January 17, 2026

झापा, ६ जेठ २०८२ । झापाको मेचिनगरमा विद्युत सर्ट भई आगलागि हुँदा घर पुर्ण रुपमा जलि नष्ट भएको छ । आगलागिबाट मेचिनगर नगरपालिका-९ थोप्ले बिराम बस्ने मणिराज अधिकारीको घर जलेर नष्ट भएको हो । आज (मंगलबार) बिहान ८ः२० बजेको समयमा मेचिनगरका अधिकारीको पहिलो तल्ला ईटाको गारो र दोस्रो तल्ला काठ र टिनले बेरेको टिनको छानो भएको दुई तले घर विद्युत सर्ट भई आगलागि हुँदा घर पुर्ण रुपमा जलि नस्ट भएको थियो ।

उक्त आगलागि नेपाल प्रहरी, स्थानियबासी मेचि नगरको दमकलको सहयोगमा सोही बिहान ९ः२५ बजे पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । आगलागिबाट लत्ता कपडा भाडा बर्तन १ लाख ५० हजार, फर्निचर १ लाख पचास हजार, नगद ६० हजार , अन्नपात अन्दाजी मूल्य २० हजार र घरको ७ लाख गरी १० लाख ८० हजार बराबरको क्षति भएको झापा प्रहरीले जनाएको छ । आगलागीबाट मानबिय चौपाय क्षति नभएको, उक्त घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया