Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

झापा, ६ जेठ २०८२ । झापामा एक व्यक्ति लडि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । भद्रपुर नगरपालिका-१० बस्ने अन्दाजी ६० वर्षिय निगे राई कल्भर्टबाट लडेर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आज (मंगलबार) बिहान अन्दाजी ८ बजेतिर घरबाट हिँडेका राई भद्रपुर-९ को डाँगीबारी स्थित भित्री सडक खण्डमा रहेको कल्भर्टबाट अन्दाजी ८/१० फिट तल लडि घोप्टो परी मृत अवस्थामा फेला परेका थिए । कानुनी प्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा soco सहितको टोली खटीएको जनाइएको छ । सम्पुर्ण कानुनी प्रकृया पुरा गरी शव पोष्टमार्टमको लागी प्रादेशिक अस्पताल भद्रपुर पठाईएको छ । मृतक राई पहिला देखिनै मापसे गरी हिड्ने बुझीन आएको छ । उक्त घट्नाबारे थप अनुसन्धान जारी हेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया