Online Bichar
आइतबार, मंसिर २९, २०८२ | Sunday, December 14, 2025

काठमाडौँ, ५ जेठ २०८२ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेप्से परिसूचक १९.३० अंकले बढेर २६२८.३६ विन्दुमा अडिएको छ। सेन्सेटिभ इण्ड‍ेक्स ४.१५ अंकले बढेर ४४२.३२ विन्दुमा अडिएको छ।

आइतबार नेप्से परिसूचक २.७९ अंकले घटेर २६०९.०५ विन्दुमा अडिएको थियो। सो दिन ८ अर्ब ५० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो। सेयर बजार दोहोरो अंकले बढेपनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ।

यसदिन ३२४ स्क्रिप्सको १ करोड ६२ लाख ५ हजार ५५८ कित्ता सेयर ७ अर्ब ३५ करोड ८८ लाख ५५ हजार ८५ रुपैयाँमा खरिदबिक्री भए। तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सप्तकोशी डेभलपमेन्ट बैंक,सिन्धु विकास बैंक र ओम मेघाश्री फर्माक्युटिकल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

यसैगरी तेह्रथुम पावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर ९ प्रतिशत बढीले बढ्यो। कारोबार रकमका आधारमा राधी विद्यु्त शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५९ करोड ७६ लाख मूल्य बराबरको सेयर कारोबार भयो।

नेपाल रिइन्स्योरेन्सको ५१ करोड,हिमालयन रिइन्स्योरेन्सको ४१ करोड,नगदी ग्रुपको २७ करोड र युनिभर्सल पावरको २४ करोड मूल्य बराबरको सेयर करोबार भयो। कारोबारमा आएकामध्ये १८५ स्टक्सको मूल्य बढ्दा ६० वटाको घट्यो। बाँकी दुई स्टक्सको मूल्य भने स्थिर रह्यो। होटल्स एण्ड टुरिजम समूहको उपसूचकबाहेक अन्यको उपसूचक सकारात्मक देखिएका छन्।

 

तपाईको प्रतिक्रिया