Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

संखुवासभा, ७ माघ । संखुवासभाको चैनपुर नगरपालिका-७ आमबोटेकी सोममाया तामाङको घरमा आइतवार आगलागी हुँदा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट तामाङको फुसको छानो भएको, ढुंगा, माटोले बनेको तीन तले घर, घर भित्र रहेको अन्नपात, लत्ताकपडा, काठपात लगायत १ तोला सुन, ५ लाख रुपैयाँ नगद जलेर नष्ट भएको छ । आगलागी भएको जानकारी पाउनासाथ तत्काल तत्काल जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगाे नियन्त्रणमा लिईएको हो । आगलागीको कारण भने खुल्न नसकेको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments