काठमाडौं, २ जेठ २०८२ । ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेटको सुविधा पुगेको पाइएको छ । महालेखाको आर्थिक वर्ष २०८०/८१ प्रतिवेदनमा ४३.१ प्रतिशत विद्यालयमा इन्टरनेट पुगेको उल्लेख गरेको छ । तर, सरकारले ९५ प्रतिशत विद्यालयमा इन्टरनेट पुर्याउने लिएको थियो ।
माध्यमिक शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २.७ प्रतिशत रहेको छ ।
उच्च शिक्षामा प्राविधिक विषय अध्ययन गर्ने विद्यार्थीको अनुपात २०.७२ प्रतिशत प्रगति देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
काम गर्ने उमेर समूहका प्राविधिक र व्यावसायिक क्षेत्रमा तालिम प्राप्त जनसङ्ख्या ३८ प्रतिशत रहेको छ ।






