Online Bichar
आइतबार, आश्विन २५, २०८३ | Sunday, October 11, 2026

काठमाडौँ, २ जेठ २०८२ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले जारी गरेको नयाँ भर्ना निर्देशिका जलाएको छ।

नेविसंघका प्रतिनिधिहरूले परिषद् सदस्य-सचिव महेश भट्टराईको उपस्थितिमा उक्त निर्देशिकालाई जलाएका हुन्। उनीहरूले प्रवेश परीक्षाको प्रावधान हटाएर जीपीएको आधारमा मात्र विद्यार्थी भर्ना गर्ने नयाँ व्यवस्थालाई अस्वीकार्य ठहर गर्दै यसविरुद्ध कडा आपत्ति जनाएका छन्।

नेविसंघको आरोप छ कि यस्तो व्यवस्था  Merit  आधारित प्रणालीको खारेजी हो र यसले योग्य विद्यार्थीको अवसर गुमाउने खतरा पैदा गर्छ। “प्रवेश परीक्षा शिक्षाको स्तरीयताको एउटा आधार हो। यसलाई हटाउनु भनेको शिक्षा प्रणालीमै राजनीतिक हस्तक्षेप गर्ने प्रयास हो,” एक नेविसंघ प्रतिनिधिले भने।

सीटीईभीटीले भने नयाँ निर्देशिका सबै वर्गका विद्यार्थीलाई पहुँच सहज बनाउन बनाइएको बताउँदै यसले शिक्षा प्रणालीलाई समावेशी र पहुँचयोग्य बनाउने दाबी गरेको छ।

तर विद्यार्थी संगठनहरूको तीव्र विरोधका बिच, यो निर्देशिका कार्यान्वयनमा ल्याउन कस्तो प्रतिक्रिया आउनेछ भन्नेबारे अझै अन्योल छ।

 

तपाईको प्रतिक्रिया