Online Bichar
आइतबार, मंसिर ०७, २०८३ | Sunday, November 22, 2026

एजेन्सी, १ जेठ २०८२ । लखनऊको मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लीपर बसमा आगलागी भएको छ। यस दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। लखनऊ (दक्षिण) का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए।

उनले भने, ‘बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ। अन्य यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पठाइँदैछ।’ आगलागी कसरी भयो भन्ने बारेमा आधिकारिक जानकारी उपलब्ध नभएको उनले बताए।

प्रहरीका अनुसार बसको आपत्कालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्। समाचार एजेन्सी पीटीआईका अनुसार बस पूर्ण रूपमा जलेको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले यसका जिम्मेवार व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएका छन्।

 

तपाईको प्रतिक्रिया