Online Bichar
शनिबार, आषाढ २०, २०८३ | Saturday, July 4, 2026

काठमाडौं, ७ माघ । लामो समयदेखि बढुवाकोलागि ऐन बाधक भएपछि मन्त्रिपरिषदको हालैको बैठकले ऐन संसोधन गरेपछि बढुवाकालागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।

गृह मन्त्रालयले कानुनी अड्चन फुकेको पत्र प्रहरी प्रधान कार्यालयमा पठाएपछि प्रधान कार्यालयले बढुवाको फाईल तयार पार्ने क्रमलाई तीव्रता दिएसंगै बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनु भन्दापनि नेताकोमा धाउन शुरु गरेका छन ।

अहिले नेपाल प्रहरीमा डिआईजी १, एसएसपी १६, एसपी २६ सिट खाली रहेको छ । ती सिटकालागि दोडधुप चर्को रुपमा अघि बढेको छ ।

नेपाल प्रहरीको रिक्त रहेको एक सिट डिआईजीमा हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको बढुवाकालागि सबै तयारी गरिएको भएपनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा बिश्व पोखरेलले समेत राजनीतिक लविङ गरेपछि बढुवाको फाईल रोकिएको छ । उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर आफ्ना भतिजा बिश्व पोखरेलको डिआईजीमा बढुवा गरी दिन अडान लिएपछि बढुवाको फाईल रोकिएको प्रधान कार्यालय स्रोतले जानकारी दिएको छ ।

कामप्रति इमान्दार रहेका श्रेष्ठ नेताकोमा चाकडी गर्न नगएको कारण पटक पटक बढुवामा छुट्दै आएका थिए । खाली रहेको एक सिटमा बढुवाकालागि प्रधान कार्यालयले तयारी पुरा गरेर गृहमा फाइल पु¥याउन लागेको बेला एसएसपी पोखरेलको पक्षमा उपप्रधानमन्त्री पोखरेलले लविङगरेपछि बढुवा रोकिएको छ । आजको नेपाल समाचारपत्रमा समाचार छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments