Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

चितवन, ७ माघ । चितवनबाट नुवाकोटतर्फ जाँदै गरेको भुस बोकेको ट्रक पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ फिस्लिङबाट त्रिशूली नदीमा खसेको छ ।

गएराति ११ः२५ बजे ना ३ ख १८३ नंको ट्रक आफैं अनियन्त्रित भई नदीमा खस्दा ट्रकका चालक धादिङ घर भएका २८ वर्षीय तुलबहादुर गुरुङ बेपत्ता भएका हुन् । सहचालक २० वर्षीय सुरज गुरुङले नदीबाट पौडेर ज्यान बचाएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।

बेपत्ता चालकको खोजीकार्य भइरहेको चितवन प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया