Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

झापा, ६ माघ । झापाको दमक नगरपालिका १० दङदङगेमा आफ्नै हजुरबुवालाई कुटपिट गर्ने नाती पक्राउ परेका छन । शुक्रबार साँझ ६ बजेको समयमा २० बर्षीय सागर कार्कीले आफ्नै हजुरबुबा ७५ बर्षका धन बहादुर कार्कीलाई सामान्य बादबिबादको क्रममा कुटपिट गरेका थिए ।

कुटपिटबाट गम्भिर घाईते भएका धन बहादुरलाई उपचारको लागि गोदाबारी हस्पिटल उर्लाबारीमा राखिएको छ भने कुटपिट गर्ने सागर कार्की लाई ईलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको उक्त कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया