काठमाडौं, २५ वैशाख २०८२ । पाकिस्तानले प्रहार गरेको मिसाइललाई भारत विफल बनाइदिएको छ। बिहीबार जम्मु कश्मिरस्थित हवाई अड्डामा पाकिस्तानले प्रहार गरेको मिसाइलालई भारतको डीफेन्स युनिटले विफल बनाइदिएको हो।
भारतीय सेनाले दिएको जानकारीअनुसार पाकिस्तानको एफ-१६ जेटलाई भारतले विफल बनाएको हो। भारतको एस(४०० डीफेन्स सिस्टमले पाकिस्तानले प्रहार गरेको ८ मिसाइललाई विफल बनाएको भारतीय सेनाले दाबी गरेको हो।
यसैबीच धर्मशालामा भइरहेको इन्डियन प्रिमियर लिगको खेल पनि रद्द गरिएको छ। पञ्जाब र दिल्लीबीच भइरहेको खेल १०।१ ओभर खेलेपछि रद्द गरिएको हो। सुरक्षाको कारण देखाउँदै बीसीसीआईले खेल रद्द गरिएको जानकारी दिएको छ।
भारतको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जना पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानमाथि जवाफी कारबाही गरेको थियो। पाकिस्तानको विभिन्न ९ क्षेत्रमा हवाई आक्रमण गरी भारतले आतंकवादको संरचनालाई परास्त गरेको बताएको छ। उक्त कारबाहीमा २६ जनाको मृत्यु भएको थियो भने ४६ जना घाइते भएका थिए।