रामेछाप, ६ माघ । रामेछापको सदरमुकाम मन्थली नजिकै मच्छेडाँडीमा आइतबा मध्यान्ह बस दुर्घटना भएको छ ।
ओखलढुंगाको घाराखोरीबाट काठमाडौँको लागि हिँडेको बा४ख ४२१० नम्बरको बस मन्थली नगरपालिका-१ मच्छेडाँडीमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको हो ।
दुर्घटनामा ओखलढुँगाको चंपादेवी गाउँपालिका-६ का २५ वर्षीय ओम कार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभुषण यादवले जानकारी दिए ।
दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । घाइते मध्ये गम्भीर ६ जनालाई उपचारका लागि काठमाडौं रेफर भएको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।
अन्य घाइतेहरुको भने मन्थलीस्थिति तामाकोसी सहकारी अस्पतालमा उपचार भइरहेको छ ।