Online Bichar
सोमबार, आषाढ २२, २०८३ | Monday, July 6, 2026

काठमाडौं, २४ वैशाख २०८२ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षकहरूको बिरामी बिदामा ‘सार्वजनिक बिदा’ परे बिरामी बिदामा गणना हुने जनाएको छ । राष्ट्रिय किताव खाना (शिक्षक) ले सोधेको प्रश्नमा शिक्षा मन्त्रालयले बिरामी बिदाको बेला सार्वजनिक बिदा परेको खण्डमा बिरामी बिदामा गणना हुने प्रस्ट पारेको हो ।

किताव खानाले उक्त विषयमा आवश्यक निर्देशन माग गरी पत्र पठाएको थियो । त्यसको जवाफमा सचिव स्तरीय निर्णय गरेर बिरामी बिदामा गणना हुने प्रस्ट पारेको हो । विद्यालयमा कार्यरत शिक्षकहरूको बिरामी बिदा स्वीकृत गरी बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त सार्वजनिक बिदाका दिनहरू निजको बिरामी बिदामा गणना गर्ने वा नगर्ने भनेर शिक्षा मन्त्रालयलाई सोधेको थियो ।

त्यसको जवाफमा शिक्षा मन्त्रालयले सचिव स्तरीय निर्णय गर्दै बिरामी बिदा बसेको अवधिमा सार्वजनिक बिदा परेमा उक्त बिदा समेत बिरामी बिदामा गणना गर्नुपर्ने प्रस्ट पारेको हो ।

किताव खानाका सूचना अधिकारी सेमन्त गौतमले बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा के हुने भन्ने विषयमा धेरै पालिकाबाट प्रश्न आएपछि मन्त्रालयसँग आवश्यक निर्देशन माग गरिएको बताए ।

सोही अनुसार अबदेखि बिरामी बिदाको समयमा सार्वजनिक बिदा परेको खण्डमा गणना गरिने भएको हो। जस्तो कि शुक्रबारदेखि आइतबारसम्म बिरामी बिदा मागेको खण्डमा शनिवार समेत गरेर तीन दिन गणना हुनेछ।

 

तपाईको प्रतिक्रिया