Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

कैलाली, ६ माघ । अत्तरियामा युवाहरुबीच शनिबार बेलुकी भएको ‘ग्याङ फाइट’मा खुकुरी प्रहार हुँदा एकजनाको मृत्यु भएको छ भने तीनजना घाइते भएका छन् ।

गोदावरी नगरपालिका-१, का २० वर्षीय अरुण भट्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले युवाबीच ‘ग्याङ फाइट’ हुँदा एकजनाको मृत्यु भएको र तीनजना घाइते भएको पुष्टि गरे ।

स्थानीय सबिन कट्टेल, गणेश राइ र राजेश नेपाली घाइते भएका छन् । राइ र नेपालीको अत्तरियास्थित पदमा अस्पतालमा र कट्टेलको सेती अञ्चल अस्पताल धनगढीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेको अवस्थामा सामान्य रहेको प्रहरी उपरीक्षक तिमिल्सिनाले बताए ।

अत्तरिया जारी महोत्सव सकिएलगत्तै शनिबार बेलुकी महोत्सवस्थल बाहिर युवाहरुबीच झगडा भएको प्रहरीले जनाएको छ । ‘महोत्सवभित्र विवाद भएर बाहिर झगडा भएको देखिन्छ । तर, झगडाको कारण खुल्न सकेको छैन,’ प्रहरी उपरीक्षक तिमिल्सिनाले भने ।
मृतकका आफन्तले बन्द गराएको अत्तरीया बजार ।

‘ग्याङ फाइट’मा संलग्नहरुको खोजीका लागि प्रहरी टोली परिचालन गरिएको उनले बताए । संलग्नहरु २०-२२ वर्ष उमेर समूहका रहेका प्रहरीले जनाएको छ ।

महोत्सव स्थलमै ग्याङ फाइट भएर युवको मृत्यु भएको विरोधमा आइतबार आफन्तहरुले अत्तरिया बजार बन्द गराएका छन् भने अत्तरियामा जारी सुदूरपश्चिम प्रादेशिक महोत्सवसमेत बन्द गराइएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले अर्को आदेश नभएसम्मका लागि भन्दै आयोजकलाई महोत्सव बन्द गर्न निर्देशन दिएको बताए । उनले फेरि अर्को ठूलो घटना नहोस भनेर महोत्सव बन्द गरिएको जानकारी दिए ।

तपाईको प्रतिक्रिया