काठमाडौँ, २१ वैशाख २०८२ । भारतको जम्मू कश्मीरको रामबनमा एउटा सैन्य गाडी ५०० मिटर गहिरो खोँचमा खसेको छ। यस दुर्घटनामा तीन सैनिकको मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।
प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा नियन्त्रण गुमाएर कार खाल्डोमा खसेको देखिन्छ। रामबनका एसएसपी कुलवीर सिंहले समाचार एजेन्सी एएनआईलाई भने,‘एउटा धेरै दुर्भाग्यपूर्ण घटना भएको छ जसमा सेनाको गाडी, जुन कारकेडको हिस्सा थियो, चालकले नियन्त्रण गुमाउँदा लगभग ५०० मिटर गहिरो खोँचमा खसेको छ ।’
प्रहरीका अनुसार कारमा तीन जना सवार थिए र तीनै जनाको मृत्यु भएको छ । एसएसपी सिंहका अनुसार प्रारम्भिक अनुसन्धानमा प्रहरीले नट–बोल्ट फेला पारेको छ, जुन कारको स्टेयरिङको हुन सक्छ ।
यद्यपि, दुर्घटनाको सही कारण अनुसन्धान पछि मात्र थाहा हुने उनको भनाई छ ।