Online Bichar
आइतबार, जेठ ०५, २०८२ | Sunday, May 18, 2025

काठमाडौँ, २१ वैशाख २०८२ । जम्मू कश्मीरको पहलगाममा भएको हमलापछि भारत र पाकिस्तानबिच तनाव जारी छ । यसैबिच, भारतले फेरि एक पटक धेरै पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाताहरू ब्लक गरेको छ ।

यद्यपि, भारत सरकारले ब्लक गरिएका खाताहरूको बारेमा कुनै आधिकारिक घोषणा गरेको छैन। पहलगाम हमलापछि भारत र पाकिस्तानले एकअर्काको बारेमा धेरै निर्णयहरू लिएका छन् ।

समाचार एजेन्सी पीटीआईका अनुसार फवाद खान, गायक आतिफ असलम र ’सनम तेरी कसम’ फेम मावरा होकेनका साथै गायिका आबिदा परवीन लगायत धेरै पाकिस्तानी कलाकारहरूको इन्स्टाग्राम खाताहरू ब्लक गरिएको छ ।

जब भारतका प्रयोगकर्ताहरूले यी कलाकारहरूको पृष्ठ खोल्ने प्रयास गरे, त्यहाँ सन्देश लेखिएको थियो, ‘यो खाता भारतमा उपलब्ध छैन । यो किनभने हामीले कानुनी अनुरोध अन्तर्गत यो सामग्री ब्लक गरेका छौँ ।’

 

तपाईको प्रतिक्रिया