Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

एजेन्सी, २१ वैशाख २०८२ । अक्टोबर ७, २०२३ मा इजरायली आक्रमण शुरु भएदेखि गाजापट्टीमा कुपोषणबाट कम्तीमा ५७ प्यालेस्टिनीहरूको मृत्यु भएको छ। जसमा प्रायः बालबालिकाहरू छन्। इजरायली नाकाबन्दी र स्वास्थ्य क्षेत्रको व्यवधानबीच कुपोषणसँग सम्बन्धित मृत्युको संख्या बढ्दै गएको छ।

अधिकारीले उल्लेख गरे कि लामो समयसम्म खराब पोषण र आधारभुत खाद्य आपूर्तिको अभावका कारण अधिकांश बासिन्दाहरू रक्तअल्पताबाट पीडित छन्।

इजरायलले हमाससँग जनवरीमा भएको युद्धविराम सम्झौताको पहिलो चरणको म्याद सकिएपछि मार्च २ मा गाजामा सामान र आपूर्तिको प्रवेश रोकेको थियो। दुवै पक्षहरू बीच सहमतिको अभावका कारण दोस्रो चरण अझै लागू भएको छैन। मार्च १८ मा इजरायलले एन्क्लेभमा आफ्नो सैन्य अपरेशन पुनः शुरु गरेको थियो। इजरायलले आफ्नो तीब्र आक्रमणहरू पुनः शुरु गरेदेखि कम्तीमा २ हजार ३ सय ९६ प्यालेस्टिनीहरू मारिएका छन्।

६ हजार ३ सय २५ जना घाइते भएका छन्। जसले गर्दा अक्टोबर २०२३ देखि कुल मृत्यु हुनेको संख्या ५२ हजार ४ सय ९५ पुगेको छ र घाइतेहरूको संख्या १ लाख १८ हजार ३ सय ६६ पुगेको गाजास्थित स्वास्थ्य अधिकारीहरूले शनिवार बताएका छन्।

तपाईको प्रतिक्रिया