काठमाडौं, १९ वैशाख २०८२ । सरकारले विद्यालय शिक्षा विधेयक र निजामती विधेयकलाई यसै अधिवेशनबाट पारिते गर्ने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै विद्यालय शिक्षक र निजामती विधेयक यसै अधिवेशनमा पारित गर्ने बताएका हुन्।
शिक्षकहरूले विद्यालय शिक्षा विधेयक जारी गर्ने माग राखेर करिब एक महिना काठमाडौं केन्द्रित आन्दोलन गरेका थिए। सरकारसँग ९ बुँदे सहमति गरेपछि आन्दोलन स्थगित भएको थियो। सरकारले असार १५ गतेभित्र उक्त विधेयक पारित गर्ने प्रतिवद्धता जनाएको छ।