Online Bichar
आइतबार, आषाढ २८, २०८३ | Sunday, July 12, 2026

दाङ, १६ वैशाख २०८२ । सेती प्रादेशिक अस्पतालबाट हाम फालेका एक जना बिरामीको मृत्यु भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर १ का ६३ वर्षीय चक्रबहादुर सिंहले मंगलबार दिउँसो १ बजेर १० मिनेटमा अस्पतालको चौथो तलाबाट हाम फालेका थिए।

अस्पतालका सूचना अधिकारी किशोरप्रसाद श्रेष्ठका अनुसार बिरामीको हामफालेर मृत्यु भएको हो।

मृगौलाका बिरामी सिंहको सोमबार डायलाइसिस गरिएको थियो। त्यसपछि उनलाई वार्डमा सारिएको थियो।

उनले वार्डमा रहेकी श्रीमतीलाई एकै छिनमा आउँछु भनेर बाहिर निस्केका थिए। त्यसपछि उनले हामफालेका थिए।

हाम फालेपछि गम्भीर घाइते भएका सिंहलाई उपचारका लागि आकस्मिक कक्षमा पुर्‍याएको केही बेरमै चिकित्सकले मृत घोषणा गरेको सूचना अधिकारी श्रेष्ठले बताए।

‘उहाँको डायलासिस भइसकेको थियो र उपचार जारी थियो। मेडिकल वार्डमा सारेर उपचार जारी रहेको समयमा किन उहाँले गलत निर्णय लिनु भयो त्यो खुल्न सकेको छैन,’ उनले भने।

जिल्ला प्रहरी कार्यालय कैलालीले अस्पतालमा सिंह वैशाख ७ गतेदेखि भर्ना भएका थिए। शव पोष्टमर्टमका लागि अस्पतालका शव गृहमा राखिएको छ।

 

तपाईको प्रतिक्रिया