Online Bichar
बिहिबार, जेठ ०२, २०८२ | Thursday, May 15, 2025

काठ्माडौं, १५ वैशाख २०८२ । वित्तीय पीडितहरूले आफूहरूका शान्तिपूर्ण आवाजहरूलाई सम्बोधन गर्न सरकारले चासो नदेखाएको भन्दै काठमाडौंमा अर्धनग्न प्रदर्शन गरेका छन् । आफूहरूको मागलाई सरकारले गम्भीरतापूर्वक नलिएको भन्दै उनीहरूले सोमबार काठमाडौंको माइतीघरमा अर्धनग्न प्रदर्शन गरेका हुन् ।

लघुवित्त, सहकारी र मिटरब्याजी पीडितको वर्षौदेखि चलिरहेको शान्तिपूर्ण आन्दोलनलाई सम्बोधन गर्न उनीहरूले सरकारको ध्यानाकर्षण गराएका छन् ।

सहकारी पीडित, लघुवित्त पीडित तथा मिटरब्याज पीडितहरूसँग यसअघि सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै पुनः आन्दोलन गर्नुपरेको उनीहरुको भनाइ छ ।

 

 

तपाईको प्रतिक्रिया